PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

युएइसँग २१ रनले नेपाल पराजित



पहिलोपोस्ट

युएइसँग २१ रनले नेपाल पराजित

काठमाडौं : संयुक्त अरब इमिरेटस् (युएइ)ले नेपाललाई पहिलो टी २० इन्टरनेसनलमा २१ रनले पराजित गरेको छ। घरेलु मैदानमा पहिले ब्याटिङ गरेको युएइले पूरा २० ओभर खेल्दै ६ विकेट क्षतिमा १ सय ५३ रन जोडेको थियो। प्रत्युत्तरमा नेपालले ७ विकेट गुमाउँदै १ सय ३२ रनमात्र जोड्न सक्यो।


नेपालका लागि सन्दीप जोराले अर्ध शतकसहित सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीले २७ र पारस खड्काले २५ रन बनाउँदा बाँकी कुनै खेलाडीले पनि दोहरो रन बटुल्न सकेनन्। प्रदीप ऐरीले खातसमेत खोल्न सकेनन्।


बलिङतिर वसन्त रेग्मी र सन्दीप लामिछाने दुई दुई विकेट लिए। सोमपाल कामी र अविनाश बोहराको खातामा एक/एक विकेट रह्यो।


युएइका शहीमान अनवरले सर्वाधिक ५९ रन जोडे भने मोहम्मद उस्मानले ३० र सीपी रिजवानले २२ रन हासिल गरे। मोहम्मद बोटाले २० रन जोडेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell