PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सरकार प्रतिपक्षबीच दोहोरी: सदनमा मिनेन्द्रको 'नयाँ नयाँ जवानी छ', सिंहदरबारबाट प्रवक्ताको जवाफ 'सालको पात टपरी हुने'



विधुर ढकाल

सरकार प्रतिपक्षबीच दोहोरी: सदनमा मिनेन्द्रको 'नयाँ नयाँ जवानी छ', सिंहदरबारबाट प्रवक्ताको जवाफ 'सालको पात टपरी हुने'

काठमाडौं: बिहीवार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको नियमित पत्रकार सम्मेलन। बिहीवार नै नेपाली कांग्रेसले प्रतिनिधिसभा बहिस्कार गर्‍यो। राष्ट्रियसभाबाट कांग्रेसको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भयो।

कांग्रेसको विरोध र संसदको अवरोधलाई लिएर प्रवक्ता बास्कोटाले गीतमार्फत व्यंग्य गरे। उनले चर्चित प्रकरणहरु सकिएको भन्दै विष्णु माझीको गीतसमेत सम्झिए।

संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेको र गीत सुन्न पाइरहेको पनि उनले टिप्पणी गरे। 'संसदमा जुहारी चलिरहेको छ। गीत पनि सुन्न पाइएको छ। आज पनि एउटा गीत सुन्न पाइयो,' उनले भने।

आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसका नेता मिनेन्द्र रिजालले भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्य र संक्रमणकालीन न्याय प्रक्रियामा पश्चिमा मुलकहरुको चासो प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै गीत सम्झिएका थिए, 'नयाँ नयाँ जवानी छ नयाँ नयाँ रंग'।

रिजालको गीत सुनेर संसद भवन बानेश्वरबाट सिंहदरबार आइपुगेका प्रवक्ता बास्कोटाले अर्को गीत सम्झिए विष्णु माझीको 'सालको पात टपरी हुनी, नहुनी सल्लैको'।

'तपाईँहरुले सुन्नुभा छ एउटा चर्चित गीत छ नी विष्णु माझीको सालको पात टपरी हुने, सल्लाको हुँदैन भनेर,' उनले अगाडि भने, 'अब चर्चित प्रकरणहरु सकिए। न डोरी बाट्न हुन्छ सल्लाको न टपरी गास्न मिल्छ। सरकारले निर्णय गरिसक्या छ। म फेरी पनि डाक्टरसा'प उहाँका अनुयायीहरु, त्यसमा .... सवार गराएर कुन यात्रामा निस्कनु भएका साथीहरु सबैलाई यो प्रकरण अन्त्य गर्न र विधेयकको मर्मअनुसार सरकारलाई सघाउन अनुरोध गर्दछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell