PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेपाल र युएईबीचको दोस्रो टी-२० आज, खेलमा फर्किएला नेपाल?



पहिलोपोस्ट

नेपाल र युएईबीचको दोस्रो टी-२० आज, खेलमा फर्किएला नेपाल?

काठमाडौँः युएईसँगको पहिलो टी–२० मा पराजित भएको नेपाल आज दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। खेलमा फर्कन नेपाललाई आजको श्रृखलामा जित आवश्यक छ। आजको खेलमा पनि युएई विजयी भएमा नेपालले एक खेलअघि नै श्रृखला गुमाउनेछ।

शीर्ष क्रममा ब्याट्सम्यान सस्तोमै समेटिएपछि पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपालका लागि सन्दीप जोराले कीर्तिमानी अर्धशतक बनाए पनि जितको लागि पर्याप्त भएन। १५४ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १३२ रनमा समेटिएको थियो।

आजको खेलमा नेपाल विजयी भएका सिरिजको छिनोफानो तेस्रो खेलबाट हुनेछ। यसअघि एक दिवसीय सिरिज भने नेपालले जितेको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell