PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

डोटीको पूर्वीचौकीमा एक युवतीको मृत्यु



पहिलोपोस्ट

डोटीको पूर्वीचौकीमा एक युवतीको मृत्यु

कैलालीः डोटीको पूर्वीचौकी गाँउपालिका वडा नम्बर ५ काँडामाण्डौंमा महिनावारी भएकी एक युवतीको मृत्यु भएको छ।

२१ वर्षीया पार्वती बोगटी महिनावारी भएको ५ दिन भएको थियो। घरमा कोही नभएका कारण जेठानीको घरमा खाना खाई आफ्नो घरको तल्लो कोठामा सुतेकी बोगटी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक लाल वहादुर धामीले जानकारी दिए।

अनुसन्धानको क्रममा मृतक बोगटीको कोठामा आगो बालिएको भेटिएको छ। आगोले वोगटीको खुट्टा जलेको छ। धामीले भने 'कोठामा सानो झ्याल र एउटा ढोकामात्र रहेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने हाम्रो प्रारम्भिक अनुसन्धानमा देखिएको छ।'

मृतकका पति शंकर बोगटी रोजगारीका लागि कोरियामा रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell