PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कलाकार बिएस राणाको निधन



पहिलोपोस्ट

 कलाकार बिएस राणाको निधन

काठमाडौँ: कलाकार बिएस राणाको शुक्रवार बिहान निधन भएको छ।

त्रिभुवन शिक्षण अस्पताल महाजगञ्जमा उपचाररत राणा निधन भएको चलचित्र कलकार सङ्घका सदस्य सानु ताम्राकारले पुष्टि गरेका छन्।

राणा सङ्घका आजीवन सदस्य रहेको सानुले बताए।

सानुले भने 'उहाँ एकदम भलादमी व्यक्ति हुनुहुन्थ्यो। सङ्घको आजीवन सदस्य हुनुहुन्थ्यो। उहाँको पार्थिव शरीरलाई पशुपतिमा लगेर कलाकार सङ्घको झन्डा ओढाएर हामी श्रद्धाञ्जली दिन्छौँ।'

तीन दशक भन्दाबढि कलाकारितामा बिताएका राणाले बसन्ती, दक्षिणा, चिनो लगायतको फिल्ममा अभिनय गरिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell