PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

रोकिएन विमानस्थलबाट हुने सुन तस्करी: वैदेशिक रोजगारमा गएका युवा तस्करीको पासोमा



पहिलोपोस्ट

रोकिएन विमानस्थलबाट हुने सुन तस्करी: वैदेशिक रोजगारमा गएका युवा तस्करीको पासोमा

काठमाडौँ: केही व्यक्ति त्रिभुवन विमानस्थलबाट बाहिरिँदै थिए। उनीहरु खाडी मुलुक वैदेशिक रोजगारीमा गएर फर्किएका थिए। विमानस्थलको गेटबाहिर आइपुग्नसाथ प्रहरीले उनीहरुलाई रोक्यो। उनीहरु माथि प्रहरीलाई शंका लागेको थियो।

प्रहरीले अवैध रुपमा सुनको कारोबार भइरहेको सुचना पाएको थियो। उनीहरुको शरीर जाँच गर्‍यो। प्रत्येकको शरीरबाट ५० ग्राम सुन फेला पार्‍यो। तर त्यो सुन उनीहरुको थिए। सुन तस्करले प्रलोभन देखाएर विदेशबाट सुन बोकाएर पठाएका थिए।

तर विमानस्थलबाट बाहिरने वितिकै प्रहरीको नियन्त्रणमा परेकाले त्यो सुन अरुलाई दिन पाएनन्। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी बैदेशीक रोजागरीमा जाने युवाको प्रयोग गरेर सुन तस्करी हुने गरेको बताउँछन्। डिएसपी बोगटी भन्छन्, ’वैदेशिक रोजगारिमा भएका युवा प्रयोग गरेर दिनमा १ केजी भन्दा बढी सुन तस्करी गर्ने गरेको देखिएको छ।‘

विमानस्थलमा यसरी हुन्छ अवैध सुनको तस्करी

तस्करले वैदेशिक रोजगारीमा गएका युवाहरुलाई आफ्नो बल्छीमा पार्न थालेका छन्।

तस्करले नेपालमा र विदेशमा दुई गुट बनाउने गर्छन्। विदेशमा बस्ने तस्करले घर विदामा फर्कने युवाको पहिचान गर्छन्। उनीहरुले विभिन्न प्रलोभन देखाएर ५० देखि सय ग्राम सुन बोकाएर नेपाल पठाउँछन्। काँचो सुन ल्याएर नेपाल आउने युवाको सम्पर्क नम्बर र फोटो तस्करले नेपालमा भएका साथीलाई फेसबुक, ह्वाट्सेप र भाइबरमार्फत् नेपालमा भएका एजेन्टलाई पठाउँछन्। विमानस्थलबाट बाहिरिने बित्तिकै तस्करले ती युवाले ल्याएको सुन संकलन गर्छन्।

डिएसपी बोगटी यो तस्करीको नयाँ तरिका भएको बताउँछन्।

तस्करीको ५० ग्राम सुनमा २५ हजार नाफा

यसरी विदेशबाट अवैध रुपमा ल्याएको ५० ग्राम सुनमा २५ हजारसम्म नाफा हुने गरेको छ। सरकारलाई १० ग्राम सुनसम्म प्रतिग्राम ५ सय २० रुपैयाँ भन्सार शुल्क बुझाउनुपर्छ। पहिलो ५० ग्रामसम्म प्रति दश ग्राम ५ हजार २०० रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति दश ग्राम ६ हजार २०० रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ।

यसरी तस्करले विदेशबाट एक जना युवालाई सय ग्राम सुन बोकाएर पठाउँदा ५० हजारसम्म नाफा गर्ने गरेको देखिएको छ। कतिपय तस्करले यसरी सुन ल्याएबापत युवाहरुलाई मोबाइल, टिकट खर्चसमेत दिने गरेका छन्।

सरकारले विदेशबाट ५० ग्रामसम्म सुन ल्याउन छुट दिँदा सो समयमा दैनिक ५ देखि ८ किलोसम्म सुन बिना भन्सार शुल्क नेपाल भित्रिने गरेको थियो। विदेशबाट सुन आउने क्रम बढेपछि अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै सरकारले काँचो सुनमा राजस्व संकलन गर्न थालेको हाे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell