PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

सेवा शुल्क खोसिएपछि रेष्टुरेन्टका मजदुर आक्रोशितः मंगलबारदेखि देशभरका रेष्टुरेण्ट बन्द गर्ने घोषणा



पहिलोपोस्ट

सेवा शुल्क खोसिएपछि रेष्टुरेन्टका मजदुर आक्रोशितः मंगलबारदेखि देशभरका रेष्टुरेण्ट बन्द गर्ने घोषणा

काठमाडौः रेष्टुरेण्ड एण्ड वार एशोसिएसनको १० प्रतिशत सेवाशुल्क खारेज निर्णय विरुद्धमा तीनवटा मजदुर संघको संयोजकत्वमा देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गरिने भएको छ।

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले संयुक्त छलफलपछि शुक्रबार यस्तो निर्णय गरेका हुन्। 

'सन् २००८ मा रेवान र फाष्टफुड एसोसिएसन नेपालको होटल तथा रेष्टूरेण्टमा कार्यरत युनियनबीच भएको सम्झौता अनुसार जम्मा भएको १० प्रतिशत सेवा शूल्क कामदार, कर्मचारी र प्रतिष्ठानबीच निश्चित प्रतिशत वाँडफाँड गर्दै आएको तर अहिले रेवानले गलत निर्णय गरेको कारण हामी यसको विरुद्ध निरन्तर लागिरहनेछौँ।' एक मजदुरले भने।

श्रम नियमावली २०७५ को नियम ८२ अनुसार कानुनी रुपमा वैधानिकता प्रदान गरिएको कारण १० प्रतिशत सेवा शूल्क खारेज गर्नु अन्याय रहेको मजदुरले बताएका छन्।

रेवानले गरेको निर्णय विरुद्ध तीन वटा संघ कानुनी उपचार खोज्ने क्रममा रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष माधव पाण्डेले बताए।संघको योजना अनुसार आगामी आइतबार दिउँसो चार बजे मुलुकभर देशव्यापी कोणसभा गरिनेछ भने प्रतिष्ठान स्तरमा रेवानलाई नै सार्वजनिक रुपमा बहिष्कार गर्ने चेतावनी दिएका छन्।

'हामी आइतबारदेखि सेवा शूल्क हटाउने रेष्टुरेण्टलाई संचालन गर्न रोक लगाउने कार्यक्रम गर्नेछौँ। माघ २२ गतेदेखि मुलुकका सबै रेष्टुरेण्टमा हड्ताल गरिनेछ।' एक अधिकारीले भने।  

 

सोमबार रेवानका उच्चपदाधिकारी र व्यवसायी बसेको छलफलबाट रेष्टुरेण्टमा लागू गर्दै आएको १० प्रतिशत सेवाशूल्क खारेज गर्ने निर्णयको विरोधमा मजदुरहरुले बुधबार रेवानको विज्ञप्ती जलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell