PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

हर्टयाट्याक भएर अस्पताल पुगेका पूर्वयुवराज पारस चारदिनपछि डिस्चार्ज

हर्टयाट्याक भएर अस्पताल पुगेका पूर्वयुवराज पारस चारदिनपछि डिस्चार्ज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः हर्टयाट्याक भएर थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाह आज डिस्चार्ज हुने भएका छन्। अस्पतालले दिएको जानकारी अनुसार शाहलाई आज दिउसो साढे १ बजे डिस्चार्ज गरिने भएको हो।

गत मङ्गलवार पाटनको मन्दिर पूजा गरेर फर्कने क्रममा उनलाई हर्टयाट्याक भएको थियो। नर्भिकको आइसियूमा ७२ घण्टा राखेपछी उनलाई सिसियुमा सारिएको थियो।

पारसको स्वास्थ्य अवस्थामा सुधार आएर बोल्न, खान र हिँड्न सक्ने भएपछि उनलाई डिस्चार्ज गर्न लागेको अस्पतालले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell