PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

चोरी नियन्त्रणमा प्रहरीको एक्सनः १ सय २४ जना चोर प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

चोरी नियन्त्रणमा प्रहरीको एक्सनः १ सय २४ जना चोर प्रहरी नियन्त्रणमा

काठमाडौँ: राजधानीमा चोरी तथा पाकेटमारी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोसाकमा खटिएको विशेष टोलीले १२४ जना पकेटमार तथा चोरहरूलाई पक्राउ गरेको हो।  पक्राउ परेका मध्ये २० जना धरौटीमा छुटेका, ८३ जनाको अनुसन्धान भइरहेको र २४ जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए। पक्राउ पर्नेमा ५ जना महिला समेत रहेका छन्। भारतीय मूलका महिलाहरू कवाडी सामान खोज्ने क्रममा घरभित्र छिरेर चोरी गर्ने गरेको एसएसपी लामा बताउँछन्।

राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बस पार्कलगायत क्षेत्रमा चोरी तथा पाकेटमारहरु सक्रिय रहेको एसएसपी लामाले जानकारी दिए। बढी आर्थिक कारोबार हुने र भिडभाड भएकाले यस क्षेत्रमा भिआइपी पकेटमार सक्रिय हुने गरेको छन्। 'भिड भएको ठाउँ र सार्वजनिक सवारीमा यात्रा गर्दा ध्यान दिनुहोला। पकेटमारले भिड भएको ठाउँमा बढी चोरी भएको पाइएको छ,' एसएसपी लामाले भने।

राजधानीमा कार्यालय समयमा सबैभन्दा धेरै चोरी हुने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell