PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

हड्ताल गर्ने चिकित्सकलाई कैद गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी



पहिलोपोस्ट

हड्ताल गर्ने चिकित्सकलाई कैद गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोधका कार्यक्रम फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।

शुक्रवार विज्ञप्ति जारी गर्दै चिकित्सकहरूलाई सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई स्वास्थ्य संस्थाहरूमा सेवा यथावत् सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ। विरोध फिर्ता नलिए आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम कारबाही गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

ऐनमा स्वास्थ्य संस्था, अस्पताल बन्द गरी वा सेवा अवरुद्ध बनाएर आन्दोलन, बन्द, हड्ताल जस्ता कार्यमा उत्रने चिकित्सक माथि ६ महिना कैदको व्यवस्था गरेको छ।

२४ दिन देखि अनशनरत डाक्टर गोविन्द केसीको मागलाई ऐक्यबद्धता जनाउँदै चिकित्सकहरू शुक्रवारदेखि हडतालमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell