PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

राणा र लोहनी नेतृत्व राप्रपा एकता कार्यक्रमा देखिएका दृष्य

राणा र लोहनी नेतृत्व राप्रपा एकता कार्यक्रमा देखिएका दृष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकता भएको छ। बिहीबार दुई दलले एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। शुक्रबार राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमबीच एकता घोषणा गरेका छन्।

एकीकृत पार्टीको नाम राप्रपा (संयुक्त) राख्ने सहमति दुई दलबीच भएको छ। वर्तमान अध्यक्षद्वय राणा र लोहनीको पदीय हैसियत बराबर हुनेगरि दुई दल एकीकृत हुन लागेका हुन्। पार्टीमा तत्कालका लागि दुई अध्यक्ष नै रहनेछन्।

एकीकरणपछि पनि दलको चुनाव चिह्न हलो हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell