
काठमाडौँ: नागरिक समाजका अगुवा तथा पूर्वन्यायधिश सुशीला कार्की लगायतको समूहले अनसनरत डाक्टर गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन्।
शुक्रवार दिउँसो शिक्षण अस्पताल पुगेर उनीहरूले डाक्टर केसीको कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनसन फिर्ता लिन आग्रह गरेका हुन्। तर डाक्टर केसीले भने आफ्ना माग सम्बोधन नगरेसम्म अनसन जारी राख्ने बताएका छन्। समाजले जारी गरेको अपिलमा भनिएको छ, ‘सत्याग्रह जस्तो अहिंसात्मक आन्दोलन माथि हिलो छ्याप्ने डरलाग्दो प्रवृत्ति देखाउँछ। सत्याग्रह त्यो समाज र अवस्थामा प्रभावकारी हुन्छ जहाँ राज्य संस्थापनमा न्यूनतम इमानदारी हुन्छ।‘
२४ दिनदेखि अनशनरत डाक्टर केसीलाई पूर्वराष्ट्रपति रामवरण यादवले पनि अस्पताल पुगेका थिए। यादवले केसीसँग भेट गर्दै उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए।