
सन् २०२२ को विश्वकप आयोजक कतारले पहिलो पटक एएफसी एसियन कपको उपाधि जितेको छ। सर्वाधिक चार पटक उपाधि जितिसकेको जापानलाई शुक्रवार ३-१ ले पराजित गर्दै कतार च्याम्पियन बनेको हो।
युएईमा भएको खेलमा कतारका लागि अलमोएज अली, अब्दुलाजिज हातेम र अक्रम अफिफले एक-एक गोल गरे। जापानका लागि ताकुमी मिननमिनोले एक गोल फर्काए।
कतारले पहिलो पटक फाइनल खेल्दै उपाधि जित्दा जापान भने पहिलो पटक फाइनलमा पराजित भएको हो। जापानले यसअघि फाइनल पुग्दा सन् १९९२, २०००,२००४ र २०११ मा जापानले उपाधि जितेको थियो।
फाइनल पुग्दासम्म कुनै गोल नखाएको कतारले उपाधि जित्ने क्रममा एक मात्र खाएको हो।
कतारले च्याम्पियन बन्ने क्रमम एसियाका पावर हाउस तथा पूर्व विजेताहरु साउदी अरेबिया, इराक, दक्षिण कोरिया, जापानलाई पराजित गर्यो भने कुनै खेलपनि गुमाएन।
यसले ३ वर्षपछि विश्वकपको आयोजना गर्न लागेको कतारलाई थप बल पुगेको छ। यस्तै कतारले यसै वर्ष ब्राजिलमा हुने कोपा अमेरिकामा पनि आमन्त्रित टिमको रुपमा प्रतिस्पर्धा गर्दैछ।
च्याम्पियन कतारका अलमोएज अली एउटै एसियन कपमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बने। उनले प्रतियोगिताभर सर्वाधिक ९ गोल गरे। यस्तै अली नै मोस्ट भ्यालुएबल प्लेअर चुनिए।
उपविजेता जापानले फेअर प्ले को अवार्ड प्राप्त गर्यो। कतारकै शाद अल शेव उत्कृष्ट गोलकिपर घोषित भए।
कतारको च्याम्पियन यात्रा7️⃣ games, 6️⃣ clean sheets, 1️⃣ goal conceded. 🇶🇦's Saad Al Sheeb is crowned #AsianCup2019's best goalkeeper! pic.twitter.com/MHjgyBKCzC
— #AsianCup2019 (@afcasiancup) February 1, 2019
कतार २-० लेवनान
प्रि क्वाटरफाइनल : कतार १-० इराक
फाइनल : कतार ३-१ जापान