PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

#मीटू मुभमेन्टमा सोनमको स्वर : दोष लगाउनुअघि योजना तय गरौं



पहिलोपोस्ट

#मीटू मुभमेन्टमा सोनमको स्वर : दोष लगाउनुअघि योजना तय गरौं

बलिउड हिरोइन सोनम कपुरको पछिल्लो फिल्म हो एक लड्कीको देखा तो ऐसा लगा। यतिखेर उनको फिल्मको चर्चा पनि चलेकै छ। सोनम त्यतिमै सीमित छैनन्। उनी #मीटू मुभमेन्टको विषयमा पनि आफ्ना धारण दिइरहन्छिन्।

यसपटक भने उनको स्वर #मीटू अभियन्तातिर पनि तेर्सिएको छ। पूर्व घटनालाई स्मरण गर्नेमात्र कामबाट कुनै प्रतिफल नआउने सोनमको टिप्पणी छ। जुमटिभीसँग कुरा गर्दै सोनमले धेरै मेहनतबाट आएको #मीटू अभियान सामाजिक सञ्जालमा स्मरणका रुपमा फैलिँदा त्यसको गाम्भीर्यता सकिँदै गएको बताइन्। सामाजिक न्यायसँग जोडिएको विषय हल्का रुपमा सामाजिक सञ्जालमा फैलिँदा परिणाममुखि हुन नसकेको उनको तर्क छ।

'यदि हामीले साच्चै यो अभियानलाई अघि बढाउने हो भने आरोप, प्रत्यारोपका लेखमात्र होइन अझ बढी सम्बेदनशील र योजनावद्ध भएर काम गर्नुपर्छ,' उनले भनिन्, 'अझै पनि मिडियालाई यो अभियानको शक्ति कति छ पत्तो छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell