PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

प्रदेश २ मा सोनाम ल्होछारको दिन सार्वजनिक बिदा दिने मुख्यमन्त्री राउतको घोषणा 



राधेश्याम पटेल

प्रदेश २ मा सोनाम ल्होछारको दिन सार्वजनिक बिदा दिने मुख्यमन्त्री राउतको घोषणा 

वीरगंज: प्रदेश २ को सरकारले सोनाम ल्होछारका दिन माघ २२ गते सार्वजनिक विदा दिने भएको छ। पर्साको ठोरीमा निर्वाचित भएपछि पहिलो पल्ट सहभागी हुँदै उनले उक्त दिन विदा दिने घोषणा गरेका हुन्। यसअघि संघीय सरकारले सोनाम ल्होछारको विदा कटौती गरेपनि प्रदेश सरकारले  ल्होछारका दिन सार्वजनिक विदा दिने घोषणाले यो पर्व मनाउने समुदाय खुशी भएका छन्।

२८५५ सोनाम ल्होसारको पूर्व सन्ध्यामा पर्साको ठोरी गाँउपालिका वडा नम्बर  ५ सुर्वणपुरको बाघमोर्चामा शनिवार आयोजित सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विदा दिने घोषणा गरेका हुन्। 

मुख्यमन्त्री राउतले भने, 'प्रदेश २ मा एक लाख १५ हजार तामाङ जातिको बसोबास छ, त्यसैले संघीय सरकारले सोनाम ल्होछारको विदा कटौती गरेपनि प्रदेश सरकारले यस वर्ष देखि नै त्यो दिन विदा दिनेछ।' 

ठोरी गाँउपालिकासंग आफनो विशेष लगाव र स्नेह रहेको भन्दै उनले ठोरीको विकास र समुन्नत्ति, आफनो प्राथमिकतामा रहेको पनि बताए। उनले भने, 'ठोरी गाँउपालिको विकासका लागि तथ्यांक संकलन गरेर ठोरीका लागि प्रदेश सरकारले विशेष योजना ल्याउदै गरेको उनले जानकारी गराए।
 
प्रदेश सरकारले विभिन्न बाधा र चुनौतीका बाबजुद प्रदेशमा विकास र सुधारका काम गरिरहेको उनले बताए। बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत प्रदेश सरकारले माघ १ गते देखि छोरी शिक्षा विमा कार्यक्रम सन्चालन गरिसकेको भन्दै राउतले भने, माघ १ गते पछि जन्मिएका छोरीका लागि प्रदेश सरकारले एक लाखको वीमा गरिरहेको छ , २० वर्षको उमेर पुगेपछि ती छोरीले एक लाख २५ हजार रकम पाउनेछन्। 

नेपाल बहुजाति, बहु धार्मिक र बहु सांस्कृतिक मुलुक भएको भन्दै उनले भने ,नेपालको सुन्दरता र पहिचान भनेकै यहि विविधता र एकता हो, यो विविधता र एकताले  नै मुलुकलाइ समृद्ध बनाउन सकिन्छ।
 
सोनाम ल्होसार बृहत सांस्कृतिक कार्यक्रम आयोजक समितिका अध्यक्ष तेउरे पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा पर्सका प्रमुख जिल्ल अधिकारी नारायण प्रसाद भटटराइ, प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह, जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने, प्रदेशसभा सदस्य सिहासन साह कलवार, जन्नत अन्सारी ,ठोरी गाँउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ , जगरनापुर गाँउपालिकका अध्यक्ष्ँ जालीम मिया, छिपहरमाइ गाँउपालिकाका अध्यक्ष मनोज कलवार लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell