PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रिमियर लिग : टोटनहम दोस्रो स्थानमा उक्लियो



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहम दोस्रो स्थानमा उक्लियो

हेउन मिन सनको निर्णायक गोल मद्दतमा टोटनहम हट्सपर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ। सनले ८०औँ मिनेटमा गरेको एक मात्र गोलको मद्दतमा टोटनहमले न्यूकासललाई १-० ले पराजित गरेको हो।

जितपर५ २५ खेलबाट ५७ अंक जोडेको टोटनहमले म्यानचेष्टर सिटीलाई एक अंकले पछि पारेको हो। एक खेल कम खेलेको सिटि ५६ अंकसहित तेस्रो स्थानमा छ। २४ खेलबाट ६१ अंक जोडेको लिभरपुल तेस्रोमा छ।

यस्तै गोन्जालो हिग्वेन र एडेन हाजार्डले २-२ गोल गरेपछि चेल्सी हडर्शफिल्ट टाउनलाईलाई ५-० ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ। चेल्सीको लागि बाँकी एक गोल डेविड लुइजले गरे।

जितपछि चेल्सीले २५ खेलबाट ५० अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell