PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

नेपाल र युएईबीचको टी २० सिरिजको आज अन्तिम खेल, कसले जित्ला उपाधि?



पहिलोपोस्ट

नेपाल र युएईबीचको टी २० सिरिजको आज अन्तिम खेल, कसले जित्ला उपाधि?

नेपाल र युएईबीच भइरहेको टी २० इन्टरनेशनल सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ। यसअघिका दुई खेलमध्ये नेपाल र युएईले एक-एक जितेका कारण आजको खेल निर्णाक र महत्वपूर्ण छ। आजको खेल जित्नेले टी २० सिरिज जित्नेछ। खेल आज दिउँसो नेपाली समय अनुसार २:४५ बजे दुबईस्थित आइसीसी एकेडेमी मैदानमा हुनेछ।

तीन खेलको ओडिआई सिरिजमा पनि नेपालले पहिलो खेल हारेर बाँकी दुई खेल जित्दै सिरिज जितेको थियो।

टी २० मा पनि नेपालले पहिलो खेल युएईसँग २१ रनले गुमाएको थियो। तर दोस्रो खेलमा बलरको उत्कृष्ट प्रदर्शन र दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ४ विकेटले जितेको थियो।

पहिलो टी २०मा सन्दीप जोराले कीर्तिमानी अर्धशतक बनाए पनि नेपाल जितसम्म पुग्न सकेको थियो। जोराले टी २० आईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए।

अब तेस्रो खेल पनि जित्दै पहिलो पटक टी २० सिरिज जित्ने अवसर नेपालसामु छ। नेपालले यसअघि खेलेका टी-२० सिरिज अहिलेसम्म जित्न सकेको छैन।

युएई गएका १६ मध्ये यसपटक नेपाली टिममा चार नयाँ खेलाडी थिए। चारमध्ये सन्दीप जोरासँगै पवन सर्राफ र अभिनाश बोहराले टी २० इन्टरनेशनलमा डेब्यु गरिसकेका छन्। भीम सार्कीले भने अझै पनि कुनै खेल खेल्न पाएका छैनन्। आजको खेलमा भीमले खेल्ने अवसर पाए नेपालको सिनियर टिम र टी २० इन्टरनेशनलमा उनको डेब्यू हुनेछ।

ओडिआईमा भने नेपालका चार खेलाडीले डेब्यु गरे। जोरा र पवनसँगै विनोद भण्डारी र ललित नारायण राजवंशीले युएईविरुद्ध खेल्दै ओडिआईमा डेब्यु गरेका हुन्। ओडिआई नखेलेका प्रदिप ऐरीले टी २० मा विकेट किपर र ओपनरको भूमिमा निर्वाह गरिरहेका छन्।

अभिनाश बोहराले ओडिआईमा डेब्यू गर्न नपाए पनि टी २० मा भने शानदार डेब्यू गरे। पहिलो खेलमा ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका बोहराले दोस्रो खेलमा ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell