PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

विहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु



पहिलोपोस्ट

विहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु
Photo: angwaal.com

भारतको विहारमा रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। विहारको जोगबनीबाट दिल्लीका लागि छुटेको सीमाञ्चल एक्सप्रेसको रेलको डिब्बा छुट्टिएर दुर्घटनामा परेको हो। 

पूर्व मध्य रेलवेका प्रवक्ता राजेश कुमारका अनुसार बिहान करिब ४ बजे भएको दुर्घटनामा धेरै यात्रु घाइते भएका छन्। उनीहरूको उद्धार जारी छ। रेलका ९ डिब्बा लिकबाट बाहिर बाहिर उछिट्टिएका छन्। केही यात्रुहरू डिब्बामा फसेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell