PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

'मिस हिमालय लिटल एन्जल'को अडिसन सम्पन्न



पहिलोपोस्ट

'मिस हिमालय लिटल एन्जल'को अडिसन सम्पन्न

काठमाडौँ: कथा इभेन्टको आयोजनमा 'मिस हिमालय लिटल एन्जल'को अडिसन सम्पन्न भएको छ। 

अडिसनका निर्णायकमा गनिका गुरुङ, उज्वल प्याकुरेल, प्रवेश कर्माचार्य, लक्ष्मी शाही, रोजी गिरी, पल्पसा श्रेष्ठ र नारायण आचार्य थिए। अडिसन दिने ९२ जनामा ५० जनालाई छनौट गरिएको आयोजक आकृति राजभण्डारीले जानकारी दिइन्।

अब, प्रतियोगीहरुको प्रशिक्षण सुरु भएको छ। प्रतियोगिताको विजेताले नगद ५० हजारसहित फिलिपिन्समा हुने 'लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनल'मा नेपाललाई प्रतिनिधित्व गर्न पाउनेछन्।

यसअघि 'कर्पोरेट नाइट', 'मिस हिमालय नेपाल' जस्ता इभेन्टहरु आयोजना गरिसकेको कथा इभेन्टको 'मिस हिमालय लिटल एन्जल' २०१९को पहिलो संस्करण हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell