PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

'टाइटानिक' र 'अवतार'का निर्देशक जेम्स क्यामरुनको नयाँ फिल्म 'एलिटा' नेपालमा यसरी देखाइँदै



पहिलोपोस्ट

'टाइटानिक' र 'अवतार'का निर्देशक जेम्स क्यामरुनको नयाँ फिल्म 'एलिटा' नेपालमा यसरी देखाइँदै

काठमाडौँ: 'टाइटानिक' र 'अवतार' निर्देशन गरिसकेका जेम्स क्यामरुनले बनाएको नयाँ फिल्म 'एलिटा : ब्याटल एन्जल' प्रदर्शनअघि नै नेपालमा देखाइने भएको छ।

फेब्रुअरी १४ (भ्यालेन्टाइन डे)मा रिलिज हुने फिल्मको नेपालमा 'पेड प्रिभ्यू' सोज फेब्रुअरी १० मा हुँदैछ। फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट र ट्वेन्टिथ सेन्चुरी फक्सले सो आजोजना गर्ने भएको हो।

दर्शकले ५ सय रुपैया खर्चेर प्रदर्शन अगावै फिल्म हेर्न पाउनेछन्। ‘पेड स्निक प्रिभ्यू’ नाम दिइएको सोज टिकट क्यूएफएक्सको लबिम र छायाँ हलमा उपलब्ध गराइएको छ। एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा लोकप्रिय सेलिब्रिटी, उद्यमी, मिडियकर्मी र फ्यानलाई फिल्म देखाइनेछ।

क्यामरुन र जोन लेन्डु निर्मित फिल्मलाई सिन सिटी निर्देशक रोबर्ट रोड्रिग्युजले निर्देशन गरेका हुन्। जापानी कलाकार युकितो किसिरोले सन् १९९० मा सिर्जना गरेको गम नामक साइवरपंक सिरिजमा फिल्म आधारित छ। फिल्मले फोहोरको थुप्रोमा भेटिएकी एक साइवर्ग ( फिक्सनल पात्र जसको भौतिक शरीर मेकानिकल तत्वले बनेको हुन्छ) किशोरीलाई कसरी एक साइवरनेटिक चिकित्सकले जीवनदान दिन्छन् भन्ने कथा समेटेको छ।

फिल्मको पटकथा क्यामरुनले नै लेखेका हुन्। फिल्ममा रोजा साल्जार, क्रिस्टोफर वाल्ट्ज, जेनिफर कोन्ली, मार्सल्ला अलीलगायतको अभिनय छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell