PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रणवीरकी शुभेच्छा भन्छिन् : फस्टमा मिस नेपाल, त्यसपछि मिडिया पर्सनालिटी, अनिमात्र अभिनेत्री



रीना मोक्तान

रणवीरकी शुभेच्छा भन्छिन् : फस्टमा मिस नेपाल, त्यसपछि मिडिया पर्सनालिटी, अनिमात्र अभिनेत्री
फोटो: आर्यन विमली

'मिस नेपाल २०१२'को फिनाले थियो। प्रस्तोताले सुरुमै मिस नेपाल इन्टरनेसनल नाम घोषणा गरे 'शुभेच्छा खड्का'।

सुष्टि श्रेष्ठले मिस नेपाल र नग्मा श्रेष्ठ मिस अर्थ भएका थिए। शुभेच्छाले मिस अर्थमा नेपालको प्रतिनिधित्व गरिन्।

सौन्दर्य प्रतियोगितासँगै उनको मोडलिङ र टिभी कार्यक्रम प्रस्तुतिमा पनि रुचि थियो। मनमनै त्यही क्षेत्रमा लाग्नेबारे सोचिसकेकी थिइन्। मिस नेपाल इन्टरनेसनल भइसकेपछि फिल्महरुको अफर पनि आए। तर उनलाई फिल्ममा अभिनय गरुँ जस्तो चाँहि कहिले पनि लागेन।

मोडलिङमा रमाएकी उनलाई बुवाले पटकपटक फिल्म खेल्न सुझाए। बुवाको लागि धेरै फिल्मको स्क्रिप्ट पढिन्। तर, काम गरिनन्।

भन्छिन्,'कुनैको स्क्रिप्ट चित्त बुझ्थेन। कुनैको टिम।'

मिस नेपाल इन्टरनेसनल हुँदा १८ वर्षकी थिइन् उनी।

आर्मी जनरल बुवा र स्कूल प्रिन्सिपल आमासँग जावलाखेलमा हुर्किएकी उनले सोचेकी थिइनन् निरन्तर ग्ल्यामर फिल्डमा रहन्छिन् भन्ने।

ग्ल्यामरमा ७ वर्ष

हिमायलन ह्वाइट हाउसबाट १२ सकेर उनले मोडलिङ सुरु गरेकी हुन्। मोडलिङसँगै स्नातक सकाइन्। मिस नेपाल इन्टरनेसनल बनेपछि ग्ल्यामर इन्डस्ट्रीमै रत्तिइन्।

'टिजिआइएफ फेसन विकदेखि, चलेको फेसन सोमा म सहभागी भइसकें। पत्रपत्रिका र कभर पेजहरुमा फिचर भइसकें। म्यागाजिनहरुका लागि फोटोसुट गरें' उनले सुनाइन्।

 

टेलिभिजनसँगको नाता

उनले टिभी कार्यक्रम प्रस्तोतासमेत हुन्। इसियसको युट्यब च्यानलमा 'मैले खानाको सो' चलाइन्, बाइकहरु रिभ्यु गर्ने कार्यक्रम चलाइन्, फिल्मको प्रिमियरमा बुम बोकेर अन्तरवार्ता लिन गइन्।

'पत्रकारले गर्ने प्राय: कामहरु गरेकी छु। रमाइलो लाग्छ', अनुभव बाँडिन्।

२०१५ मा बल्‍ल फिल्मप्रति आकर्षण बढ्यो।

भनिन्, 'अफर आउँथ्यो। मलाई के लाग्न थाल्यो भने, ममा केही देख्नुभयो र त फिल्मको अफर गर्नुहुन्छ। त्यसपछि फिल्म गर्ने निर्णय लिएँ।'

सानो छँदा टिभीमा हिरोइनलाई देख्दा अभिनय सिको गर्थिन्, नाच्थिन्। 'हिरोइन बन्न पाए हुन्थ्यो,' भन्ने बच्चा बेलाको चाहना फेरि ब्युउँतियो। उनले फिल्म गर्ने मानसिकता बनाइन्। तर उनलाई टेलिभिजन र उत्घोषणबाट फुर्सद मिलेन।

मोडलिङ गरिरहँदा उनले तीनवटा म्यूजिक भिडियोमा अभिनय पनि गरेकी थिइन्। 'मिस इ कलेजमा टप पाँच'मा हुँदा एउटा म्यूजिक भिडियो गरेकी थिइन्। 'कति मिठो माया' र 'मलाई माया गर्ने मान्छे कस्तो होला'बोलको गीत भने पछि गरेका म्यूजिक भिडियोहरु हुन्।  

फिल्म 'रणवीर'

२०१८ को जुलाइमा कास्टिङ डिरेक्टर राजकुमारले शुभेच्छालाई फोन गरे, एउटा फिल्म छ, गर्छ्यौ?

शुभेच्छाले सकारात्मक प्रतिक्रिया दिइन्।

दुईतीन दिनपछि शुभेच्छालाई राजले फिल्मका निर्देशक गोविन्द सिंह भण्डारीसँग भेटाए। उनले गोविन्दबाट फिल्मको कथा सुनिन्। उनलाई फिल्मको कथा मनपर्‍यो। फिल्म 'रणवीर' गर्ने निर्णय गरिन्।

'फिल्मको कथा मन परेर मैले गरेकी हुँ। गोविन्द जीको भिजन फरक थियो। उहाँको यो डेब्यू निर्देशन हो। उहाँले फिल्मको स्क्रिप्ट सुनाउँनु हुँदा मलाई एकदम मन परिसकेको थियो।'

'रणवीर'मा अभिनय गरेपछि फिल्ममा निरन्तरता दिने उनको सोच छ। फिल्ममा आफ्नो बलियो भुमिका रहेको बताउँछिन्।

फिल्ममा आउन किन यति समय लाग्यो?  

'सबैलाई ग्रोथ गर्ने आशा हुन्छ। त्यतिखेर म कसैलाई चिन्दिनथें। फिल्ममा आएको भएँ, राम्रो हुन्थेन होला। अहिले त फेसन इन्डस्ट्रीका धेरैलाई चिनेको छु। त्यतिखेर फिल्म नगरेकै, राम्रो भयो।'

अहिले उनको आत्माविश्वास बढेको छ। उनलाई क्यामेरा एन्गल थाह छ। परिपक्व भएकी छिन्।

टेलिभिजनसँग भने छुट्टै नाता गाँसिएको छ। 'रणवीर'पछि उनी फेरी टेलिभिजनमा नयाँ कार्यक्रम ल्याउने तयारीमा छिन्। भनिन् 'म टेलिभिजन कहिले पनि छोड्दिन। म त्यहीबाट चिनिएकी हुँ।'

अब भने उनी अभिनय सिक्ने तयारीमा छिन्। 'रणवीर'को लागि भने वर्कसपले नै पुगेको बताउँछिन्। 'लाइफ भनेको लर्निङ हो। म नाच्न पनि सिक्नेछु। एक्टिङ क्लास जाने मन छ।'

उनी आफुलाई मिडिया पर्सनालिटीको रुपमा पनि चिनाउँछिन्। 'म पहिला मिस नेपाल हुँ। त्यसपछि मिडिया पर्सनालिटी। अनि मात्र अभिनेत्री।'

 

'रणवीर'बाट आशावादी 

 

'पहिलोपटक कार्यक्रम होस्ट गर्न जाँदा, जसरी म कामेको थिएँ, त्यसरी नै फिल्मको लागि डर छ। नराम्रो भएको होला। म अझै मेहेनत गर्न तयार छु।'

चलेका स्टारसँग डेब्यू गर्नुपर्छ भन्ने उनको धारणा छैन। 'टिम राम्रो भएपछि भइहाल्यो स्टारसँग डेब्यू गरेको भएँ। उ मात्र फोकस हुन्थ्यो होला', उनले भनिन् फलानोको फिल्म भनेर मेरो फिल्म चल्थ्यो होला। तर यो फिल्म मेरो पनि हो। यो फिल्म हिट हुनुपर्छ। मेरो लागि फलिफाप पनि हुन सक्छ, रणवीर।'

उनी 'रणवीर' नचले पनि अभिनयलाई निरन्तरता दिन चाहन्छिन्। 'चलेन भने ठिक छ। चलेन भन्दैमा फिल्म मेरो लागि होइन रहेछ भनेर पछि हट्दिन। कति ठूला स्टारको पहिलो फिल्म फ्लप भएको छ।'

अब उनलाई बायोग्राफीमाथि बन्ने फिल्म गर्ने मन छ। महिलाले लिड गरेको फिल्म अनि रोमान्टिक जनराको फिल्म।

२५ वर्षीया शुभेच्छाले फिल्मलाई जीविका चलाउने बाटो सोचेकी छैनन्। उनको आफ्नै काम र व्यापार छ।

'मेरो आफ्नै बिजिनेस छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell