
काठमाडौँ: फिल्म 'लभ स्टेशन' टिम भियतनाममा गीत छायाँकन गरेर नेपाल फर्केको छ। फिल्मको 'घाम जुन नै चाहिँदैन'को छायाँकन गरिएको हो। फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ। निर्माण टिमले आगामी चैत २२ लाई फिल्मको प्रदर्शन टार्गेट राखेको हो।
फिल्ममा 'लिलिबिली'को स्क्रिन जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको अभिनय छ। आगामी प्रेम दिवसमा गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा छन् टिम।
फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। उनले फिल्मलाई म्यूजिकल लभ स्टोरी विधामा बनेको बताए।
काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको अभिनय छ।
आलोक शुक्लाको छायाँकन रहेको 'लभ स्टेशन'मा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।