PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बन्ने भयो फिल्म 'सरौतो'



पहिलोपोस्ट

बन्ने भयो फिल्म 'सरौतो'

काठमाडौँ: फिल्म 'सरौतो' बन्ने घोषणा भएको छ। फिल्मलाई सिनिमेटोग्राफर हरी हुमागाईंले निर्देशन गर्ने भएका छन्।

एक्सन विधामा बन्ने फिल्मलाई स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण गर्ने भएको हो।

फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांकलगायतको अभिनय रहनेछ।

फिल्ममा राघव कृष्ण गौतमको कथा रहनेछ। उत्तम हुमागाईंको छायाँकन रहने फिल्ममा राजकुमार उप्रेतीको एक्सन, राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell