A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab4a0781e97e5.38133837): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab4a0781e97e5.38133837,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रेबानसँग वार्ता गर्न अस्विकार गरेका मजदुर संघ श्रम मन्त्रालयमा
PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

रेबानसँग वार्ता गर्न अस्विकार गरेका मजदुर संघ श्रम मन्त्रालयमा



वसन्तराज उप्रेती

रेबानसँग वार्ता गर्न अस्विकार गरेका मजदुर संघ श्रम मन्त्रालयमा

काठमाडौं: सेवा शूल्क खारेजको चर्को विरोधमा उत्रिएको मजदुरसंघले आइतबार विहान रेबानले राखेको वार्ता प्रस्ताव अस्विकार गरेको छ।

रेबानले आइतबार विहान विज्ञप्ति जारी गरे लगत्तै संघले विरोधस्वरुप च्यातेको स्रोतले बताएको छ। 'यस्तो अनैतिक रुपमा हामीले पाउँदै आएको १० प्रतिशत सेवा शूल्क खारेज गर्ने अनि वार्तामा बोलाउने? हामीलाई यो प्रस्ताव अस्विकार्य छ। हामीलाई श्रम मन्त्रालयले वार्ताको लागि बोलाएको थियो। हामी मन्त्रालयमा वार्तामा बसिरहेका छौँ।'

आइतबार नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले सेवा शुल्क खारेजीको बिरोधमा आइतबार दरवारमार्ग, ठमेल लगायत विभिन्न क्षेत्रमा विरोध र्‍याली प्रदर्शन गरे।

मजदुरको विध्रोहका कारण उपत्यकाभित्र संचालित रोड हाउस, एण्डीज, हट ब्रेड्स, केटु, केएफसी, पिजा हट, बेक्री क्याफे लगायतका रेष्टुरेण्ट सेवाविहीन भए। स्रोतका अनुसार उपत्यका बाहिर पोखरा, विराटनगर, चितवनलगायत मुख्य शहरमा पनि मजदुरले विरोध र्‍याली प्रदर्शन गरेका छन्।

'हाम्रो माग पुरा भएन भने मंगलबारदेखि उपत्यकाभित्र मात्र सीमित नभइ मुलुकका सबै रेष्टुरेण्ट र बार पूर्ण रुपमा बन्द गर्नेछौँ,' एक मजदुर नेताले भने।

आइतबार तीनवटै मजदुर संघको संयोजगत्वमा दरबारमार्ग, ठमेललगायत विभीन्न क्षेत्रमा विरोध र्‍याली प्रदर्शनी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell