PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

नेपालले पहिलो टी २० सिरिज जित्दा अभिनाश बोहरा 'म्यान अफ दि सिरिज'



पहिलोपोस्ट

नेपालले पहिलो टी २० सिरिज जित्दा अभिनाश बोहरा 'म्यान अफ दि सिरिज'

आइतवार नेपालले युएईलाई १४ रनले पराजित गर्दै तीन खेलको सिरिज २-१ ले जित्यो। नेपालको यो पहिलो टी २० आई सिरिज जित हो।

पहिलो खेल हारे पनि त्यसपछि लगातार दुई खेल जित्दै नेपालले ऐतिहासिक सिरिज जितेको हो।

नेपालको लागि तीन वटै खेलमा विकेट लिएका फास्ट बलर अभिशान बोहरा टी २० सिरिजको म्यान अफ दि म्याच घोषित भए।

युएई टुरबाटै पहिलो पटक नेपालको सिनियर टिममा स्थान बनाएका अभिनाशले ५० ओभरमा खेल्ने अवसर नपाएपनि टी २० मा भने पहिलो खेलमै डेब्यु गर्ने अवसर पायो।

पहिलो खेलमा ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका अभिनाशाले त्यसपछि दुई खेलमा उत्कृष्ट बलिङ गरे।

दोस्रो खेल नेपालले ४ विकेटले जित्दा अभिनाशले ३ विकेट लिए। टी २० मा डेथ ओभर स्पेशलिस्ट मानिने अशिनाशले दवस्रो खेलमा ४ ओभर बलिङ गर्दै २० रन खर्चिएका थिए।

यस्तै १० ओभरमा छोट्याएका तेस्रो खेलमा उनले २ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिए।

यस्तै तेस्रो खेलमा १० रन बनाउनुका साथै २ विकेट लिएका करण केसी म्यान अफ दि म्याच घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell