
काठमाडौं : विभागीय टोली एपीएफले ढोरपाटन महिला भलिबल लिगको उपाधि जितेको छ। आइतवार भएको विभागीय खेलमा एपीएफले पुलिसलाई ३-१ सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।
एपीएफले २५–१८, २५–२०, १९–२५, २५–१५ को सेटमा खेल जित्यो। घरेलु महिला भलिबलको चर्चित र एपीएफलाई टक्कर दिने टोलीको रुपमा रहेको न्यू डायमण्डले प्रतियोगिता नखेलेपछि सुरुवात देखि नै एपीएफलाई उपाधिको बलियो दादेदार मानिएको थियो। एपीएफले पनि त्यो आशालाई कायम राख्नै अपराजित रहेर उपाधि जितेको हो। एपीएफ च्याम्पियन बन्दा पुलिस भने दोस्रो भयो। एपीएफले १४ खेलबाट ४२ अंक जोड्यो।
आइतवारै भएको अर्को खेलमा विभागिय टोली त्रिभुवन आर्मिले पश्चिमाञ्चललाई ३–१ कै सेटमा पराजित गर्यो।
आर्मीले पश्चिमाञ्चललाई २६–२४, २०–२५, २५–१२, २५–१४ को सेटमा पराजित गरेको हो। आर्मीले तेस्रो स्थान हात पार्यो।
च्याम्पियन एपीएफले नगद ३ लाख ५० हजार रुपैयाँ हात पार्दा उपविजेता पुलिसले २ लाख रुपैयाँ प्राप्त गर्यो।
अंक तालिका
१. एपीएफ (४२) १४ खेल
२. पुलिस (३४) १४ खेल
३. आर्मी (३२) १४ खेल
४. पश्चिमाञ्चल (२२) १४ खेल
५. सेव (१४) १४ खेल
६. चितवन टाइगर्स (१३) १४ खेल
७. श्रीगाँउ (११) १४ खेल
सुजुकी स्कुटर जित्नेहरु
सर्वोत्कृष्ट खेलाडी : सरस्वती चौधरी (एपीएफ)
उदियमान खेलाडी : शान्ति थारु (आर्मी)
वर्ष खेलाडी : अरुणा शाही (पश्चिमाञ्चल)
प्लेय अफ दि सिरिज : कोपिला राना (पुलिस)
भाग्यशाली दर्शक : भीम प्रसाद देवकोटा (गोरखा)
व्यक्तिगत विधातर्फ उत्कृष्टहरु। उत्कृष्टले ६–६ हजार हात पारे।
स्पाइकर : उषा भन्डारी (पुलिस)
सेटर : कमला पुन (पुलिस)
ब्लकर : सोफिया पुन (आर्मी)
क्विकर : सुनिता खड्का (आर्मी)
डिफेन्डर : शान्ति तामाङ (पुलिस)
सर्भर : नेविका चौधरी (एपीएफ)
प्रशिक्षक : ज्ञानेन्द्र विष्ट (एपीएफ)