PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

ऐतिहासिक सिरिज जितेको नेपाली क्रिकेट टोली सोमवार नेपाल फर्कँदै, सन्दिप लामिछाने युएईबाटै अष्ट्रेलिया जाने



पहिलोपोस्ट

ऐतिहासिक सिरिज जितेको नेपाली क्रिकेट टोली सोमवार नेपाल फर्कँदै, सन्दिप लामिछाने युएईबाटै अष्ट्रेलिया जाने

काठमाडौँ : युएई टुरमा डबल सिरिज जितेको नेपाली राष्ट्रि क्रिकेट टोली सोमवार नेपाल फर्कँदै छ।

युएई विरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको नेपालले आइतवार टी २०आई सिरिज पनि २-१ ले नै जित्दै युएई टुरलाई फलदायी बनाएको हो।

नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाको६ीका अनुसार टोली सोमवाल दिउँसो ३:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थतलमा अवतरण गर्नेछ।

दुवै सिरिजमा नेपालले पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई खेल जित्तै सिरिज जितेको हो। दुवै फर्म्याटमा नेपालले सिरिज जितेको यो पहिलो पटक हो।

ओडिआई सिरिजमा कप्तान पारस खड्का म्यान अफ दि सिरिज घोषित भएका थिए भने टी२०आईमा यसै टुरमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका फास्ट बलर अभिनाश बोहरा म्यान अफ दि सिरिज बने।

यस्तै नेपाली टिमा स्टार खेलाडी सन्दीप लामिछानेले भने नेपाल नफर्कने भएका छन्। सन्दीप युएईबाटै अष्ट्रेलियाको ब्रिसवन जानेछन्।

युएई विरुद्धको सिरिजअई सन्दीपले अष्ट्रेलियामा बिग बास लिग र बंगलादेशमा बंगलादेश प्रिमियर लिग खेलेका थिए।

बंगलादेशमा सन्दीपको टोली सिलेट सिक्सर्स लिग चरण पार गर्न असफल भएका कारण उनी अब सिधै अष्ट्रेलिया जान लागेका हुन्। बिग बासमा सन्दीपको टिम मेलवर्न स्टार्सले अझै लिगमा दुई खेल खेल्न बाँकी छ र सन्दीपले ती दुई खेल खेल्नेछन्। उक्त खेलपछि स्टार्स प्लेअफमा पुगेमा सन्दीपले बाँकी खेल समेत खेल्न पाउनेछन्। सन्दीपले स्टार्सका लागि सुरुको चार खेल खेल्दै ८ विकेट लिएका थिए।

यस्तै बंगलादेश प्रिमियर लिगमा ६ खेल खेल्दै ४ विकेट मा लिएका थिए।

सन्दीपले बिग बासमा फेब्रुअरी ८ मा ब्रिसवन हिट र फेब्रुअरी १० मा सिड्नी सिक्सर्ससँग खेल्नेछ।

लिगमा १२ खेल खेलिसकेको स्टार्स ६ जित र ६ हारको नतिजासहित १२ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा छ। स्टार्सले अब बाँकी दुईमध्ये एक खेल जितेमा पनि शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell