PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपाललाई, हेर्नुस फोटोमा

पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपाललाई, हेर्नुस फोटोमा

गोविन्दराज नेपाल/पहिलोपोस्ट


इस्लामावाद (पाकिस्तान) : नेपालको नेत्रहीन महिला क्रिकेट टिमले विश्वमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेको छ।

पाकिस्तान विरुद्ध भइरहेको सिरिजअन्तर्गत आइतवार भएको चौथो खेल ९ विकेटले जित्दै नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो।

लाहोरमा भएको पहिलो र रावलपिण्डीमा भएको तेस्रो खेल नेपालले समान १० विकेटले जितेको थियो। फैसलावादमा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो।

इस्लामावादमा भएको खेलमा नेपालले पाकिस्तानले दिएको १०२ रनको लक्ष्य ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell