
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड विजयी भएको छ। त्यसअघि आइतवार भएको खेलमा छिमेकी एट्लेटिको मड्रिड रियल बेटिससँग पराजित भएको थियो।
त्यसैको फाइदा उठाउँदै रियलले अलाभेजलाई ३-० ले पराजित गर्दै दोस्रो स्थानमा रहेको एट्लेटिकोसँगै अंक दूरी २ मा झारेको छ।
घरेलु मैदानमा रियललाई जिताउन करिम बेन्जामा, भिनिसिअस जुनियर र मारियानो डियाजले गोल गरे।
जितपछि २२ खेलबाट ४२ अंकसहित रियल तेस्रो स्थानमा छ। दोस्रो स्थानको एट्लेटिकोको समान खेलबाट ४४ अंक छ। सर्जियो कानालेसले दोस्रो हाफमा गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा रियल बेटिसले एट्लेटिकोलाई १-० ले पराजित गरेको हो।
२२ खेलबाट ५० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ।