PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रिमियर लिग : दुबै म्यानचेष्टर क्लब विजयी, अगुएरोको ह्याट्रिक, आर्सनल हार्दा युनाइटेडलाई फाइदा



पहिलोपोस्ट

प्रिमियर लिग : दुबै म्यानचेष्टर क्लब विजयी, अगुएरोको ह्याट्रिक, आर्सनल हार्दा युनाइटेडलाई फाइदा

प्रिमियर लिगमा आइतवार दुबै म्यानचेष्टर क्लबले जित हात पारेका छन्। सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले लण्डन क्लब आर्सनललाई ३-१ ले पराजित गर्‍यो।

जितपछि सिटी टोटनहमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ भने शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी २ मा झारेको छ। २५ खेलबाट सिटीको ५९ अंक छ भने एक खेल कम खेलेको लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा छ।

सिटीका लागि अगुएरोले खेलको पहिलो मिनेट, ४४औँ र ६१औँ मिनेटमा गोल गरे। आर्सनलका लाउरेन्ट कोसिन्लेले ११औँ मिनेटमा एक गोल फर्काएका थिए।

उता मार्कोस रासफोर्डसले एक मात्र गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले लेस्टर सिटीलाई १-० ले पराजित गर्‍यो।

आर्सनल सिटीसँग पराजित भएपछि युनाइटेड अंक तालिकामा एक स्थान माथि उक्लन सफल भएको छ। नयाँ म्यानेजर ओले गनर सोल्सायरको प्रशिक्षणमा अपराजित रहेको युनाइटेडलाई जिताउन रासफोर्डले नवौँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell