PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

रुकुम पूर्वको सदरमुकाम विवाद, आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले जारी गर्‍यो निषेधाज्ञा



पहिलोपोस्ट

रुकुम पूर्वको सदरमुकाम विवाद, आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले जारी गर्‍यो निषेधाज्ञा

रुकुम (पूर्व):  सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ। सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो।

रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो। सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न/गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए। प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को शहीपार्क हुँदै रुमालबारासम्म प्रवेश निषेधाज्ञा आदेश जारी गरेको छ।

सदरमुकामको विवादका कारण रुकुमकोट तनावग्रस्त छ। सदरमुकामको विषयलाई लिएर रुकुमकोटका बासिन्दा एक वर्षदेखि आन्दोलित छन्।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१२ गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेको थियो। सरकारको सो निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो। उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेको थियो। अहिलेसम्म कुनै फैसला भएको छैन। साविक जिल्ला रुकुमको सदरमुकामसमेत यहाँबाट खोसिएको हुँदा आफूहरुलाई पटकपटक अन्याय भएको रुकुमकोटवासी बताउँछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell