PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

सोनाम ल्होसारमा प्रदेश ३ ले दियो सार्वजनिक बिदा



पहिलोपोस्ट

सोनाम ल्होसारमा प्रदेश ३ ले दियो सार्वजनिक बिदा

हेटौँडाः प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ। गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो।

तामाङ बाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ। माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell