PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सुरु भयो 'आर्ट फर नेचर'



पहिलोपोस्ट

सुरु भयो 'आर्ट फर नेचर'

काठमाडौँ: बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चौथो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी 'आर्ट फर नेचर' सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले प्रदर्शनीको उद्घाटन गरेका हुन्।

पर्सा राष्ट्रिय निकुञ्जमा आयोजित कला शिविरका क्रममा तयार भएका चित्रकला प्रदर्शनीमा राखिएका छन्। १२ जना कलाकारका २५ कलाकृतिमध्ये उत्कृष्ट चित्रकलालाई पुरस्कृतसमेत गरिएको छ।

सविता डंगोलले 'बेस्ट आर्टिस्ट अवार्ड' प्राप्त गरिन्। प्राकृतिक विनाशले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावलाई चित्रकलामा उतारिएका छन्।

प्रदर्शनीमा रागिनी उपाध्याय, शुदर्शन विक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डंगोल, संगीता घिमिरे, प्रधी राणा, ग्रेवी भिन्सेन्ट, पल्भी बर्ग र भिल्मा लोट्टा पेन्टिलकैनेनका चित्रकला राखिएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell