काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन थालेको छ। राजधानीको शान्ति वाटिकामा कांग्रेसले प्रदर्शन गरिरहेको छ।
'केपीको पाराले दु:ख पाए साराले' भन्दै आन्दोलनमा कांग्रेस उत्रिएको हो। सडक निर्माणदेखि चिकित्सा शिक्षा विधेयकसम्मका विषयलाई मुद्दाका रुपमा उठाउँदै कांग्रेसले विरोध र्यामली निकालेको हो। महँगी नियन्त्रणको माग गर्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामासमेत माग गरेको छ। त्यस्तै नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानविनको मागसमेत कांग्रेसले गरेको छ।
प्रदर्शनमा कांग्रेसले वाइड बडी विमानको पुत्लासमेत प्रदर्शन गरेका छन्।
हेर्नुस् फोटो :