PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

अनमोल केसी: आफैले बोलेको कुरामा मलाई पछुतो छैन



पहिलोपोस्ट

अनमोल केसी: आफैले बोलेको कुरामा मलाई पछुतो छैन

काठमाडौँ: मिलन चाम्सले निर्देशन गर्ने 'ब्याचलर बन्टी' छाडेपछि अभिनेता अनमोल केसीले फिल्मका लागि प्रदीप खड्का, पल शाह र सलिनमान बानियाँ फिट हुने कुरा गरेका थिए। आफ्नो भुमिका चित्त नबुझेर फिल्म छोडेको बताएका उनले 'ब्याचलर बन्टी'का लागि तीन कलाकारको नाम लिएपछि यो चर्चाको विषय बन्यो।

उनलाई 'ब्याचलर बन्टी' अब, कुन अभिनेताले गर्दा हुन्छ भनेर प्रश्न गरिएको थियो। उनले जवाफमा भनेका थिए 'अब मलाई लाग्छ, जति पनि छन् यो मार्केटमा प्रदीप, पल सलिन, जो हुनुहुन्छ जसले गर्दा पनि राम्रो हुन्छ।'

यो विषय लामो समय चर्चामा रह्यो। नाम लिएर अनमोलले कलाकारको अपमान गरेका कुरा पनि चर्चामा आए। तर, अनमोललाई यस विषमा कुनै पछुतो छैन। हालै, उनले भनेका छन् 'फूलको आँखामा फूलै संसार, काँडकाको आँखामा काँडै संसार, मैले त्यस्तो नराम्रो केही पनि भनेको छैन। मलाई लाग्छ कि जसले सक्छ त्यसले गर्नुपर्छ भन्ने कुरा गरेको थिएँ।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell