PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

फिल्म प्रचारका लागि रणवीर सिंह र्‍याप नै गाउँछन्



पहिलोपोस्ट

फिल्म प्रचारका लागि रणवीर सिंह र्‍याप नै गाउँछन्

'गल्ली बोई' प्रदर्शनको तयारीमा रहेको रणवीर सिंहको नयाँ फिल्म हो। फिल्ममा रणवीरसँगै आलिया भट्टको अभिनय छ। फिल्ममा रणवीर र्‍यापरका रुपमा प्रस्तुत भएका छन्। फिल्मले स्ट्रीट र्‍यापरको कथा समेटेको छ। फिल्ममा भारतमा चलेका र्‍यापर नेजी र डिभाइनको गीत पनि समावेश गरिएका छन्।

पछिल्लो समय कतिले यो डिभाइन र नेजीको जिवनीमा आधारित फिल्म भनेर चर्चा गरेका थिए। तर, निर्देशक जोया अख्तरले फिल्म उनीहरुका जिवनीमा आधारित नरहेको बताएकी थिइन्।

प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमसँगै रणवीर र आलिया पनि प्रचारमा हिँड्न थालेका छन्। 'सिम्बा' नायक रणवीरले प्रचारमा र्‍याप पनि गाउन थालेका छन्। हालै, उनले ल्याक्मी फेसन वीकमा नेजीसँगै स्टेजमा र्‍याप गाए। बलिउडमा उनको र्‍यापको चर्चा चलिरहेको छ। फिल्ममा र्‍यापरको भुमिकामा देखिएका रणवीरले र्‍याप गाउन थालेसँगै सबैले उनको गायनको प्रशंसा गर्न थालेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell