PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यी हुन् पहिलो महिला नेत्रहीन क्रिकेट सिरिजका उत्कृष्टहरु, मनकेसीको दुई अर्धशतक



गोविन्दराज नेपाल

यी हुन् पहिलो महिला नेत्रहीन क्रिकेट सिरिजका उत्कृष्टहरु, मनकेसीको दुई अर्धशतक

इस्लामावाद (पाकिस्तान) : पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपालले क्लिन स्वीप गरेको छ।

सोमवार भएको पाँचौ तथा अन्तिम टी २० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले सिरिज ४-० ले जितेको हो।

पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल ९ विकेटले जितेको थियो। दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो।

इस्लामावादस्थित शालिमार क्रिकेट ग्राउण्डमा भएको अन्तिम खेलमा मनकेसी चौधरीले अर्धशतक प्रहार गरेपछि नेपालले पाकिस्तानले दिएको १२७ रनको लक्ष्य १०.४ ओभरमा पूरा गरेको हो।

सिरिज विजेता नेपालले १ लाख हात पार्दा पाकिस्तानले ५० हजारमा चित्त बुझायो।

यस्तै व्यक्तिगत विधातर्फ पनि नेपाली खेलाडीको वर्चस्व रह्यो। नेपालका तीन खेलाडीले व्यक्तिगत अवार्ड जिते।

बी वान क्याटेगोरीमा उत्कृष्ट मुना

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी मनकेसी दुई अर्धशतक प्रहार गर्ने पनि पहिलो महिला नेत्रहीन खेलाडी बनिन्। यस्तै उनले पाकिस्तान विरौध विरुद्ध बनाएको नटआउट ८१ रन पनि उच्च स्कोर हो। नेपालले जितेको चार म्धये दुई खेलमा प्लेअर अफ दि म्याच बनेकी मनकेसी बी टु क्याटेगोरीतर्फ पनि उत्कृष्ट घोषित भइन्। यस्तै नेपालकै मुना अर्याल बी वान र विनिता पुन बी थ्री तर्फ उत्कृष्ट खेलाडी बने। उत्कृष्ट विकेटकिपर भने पाकिस्तानकी किरन रफिक बनिन्। चारै खेलाडीले २५-२५ हजार पाकिस्तानी रुपैयाँ हात पारे।

बी टु क्याटेगोरीमा उत्कृष्ट मनकेसी

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा पहिलो चौका प्रहार गर्ने खेलाडी नेपालकी विनिता पुन बनिन्। उनले लाहोरमा भएको सिरिजको पहिलो खेलमा पहिलो बलमै चौका प्रहार गरिन्। पाकिस्तानले पहिले ब्याटिङ गरेपनि चौका प्रहार गर्न सकेको थिएन। यस्तै बी वान क्याटेगोरीतर्फ पहिलो चौका प्रहार गर्ने खेलाडी नेपालकी मुना अर्याल बनिन्। उनले सिरिजको चौथो खेलमा ओपनिङ ब्याटिङ गर्दै चौका प्रहार गरेकी थिइन्। बी वान (पूरै आँखा नखेल्ने) खेलाडी भएका कारण उनको चौका ८ रनमा गणना भएको थियो।

यसैगरी नेपालकी मनकेसी चौधरी महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनिन्। उनले सिरिजमा सर्वाधिक रन समेत बनाइन्। दुई खेलमा अर्धशतक प्रहार गरेकी मनकेसीले कूल १८३ रन बनाइन्। उनी तीन खेलमा नटआउट रहिन् भने एक खेलमा रनआउट भएकी थिइन्। र पाकिस्तानले लिएको एक मात्र विकेट पनि मनकेसीको सोही रनआउट नै थियो।

पहिलो खेलमा नटबउट १९ रन बनाएकी मनकेसीले तेस्रो खेलमा नटआउट ५८ रन बनाउदै पहिलो अर्धशतक पूरा गरेकी थिइन। चौथो खेलमा २५ रनमा नटआउट भएकी मनकेसीले अन्तिम खेलमा १५ चौका प्रहार गर्दै ८१ रन बनाएकी हुन्।

उनले सिरिजभर कूल ३२ चौका प्रहार गरिन्।

यस्तै बी वान मा उत्कृष्ट भएकी मुना अर्यालले एक खेलमा मात्र ब्याटिङ गरेकी थिइन्। उनले चौथो खेलमा नटआउट २२ रन बनाएकी थिइन् भने एक विकेट समेत लिएकी थिइन्। मुनाले तेस्रो खेलमा पनि १ विकेट लिएकी थिइन्। फिल्डिङमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

बी थ्री क्याटेगोरीमा उत्कृष्ट विनिता

यस्तै बी थ्री तर्फ उत्कृष्ट भएकी विनिताले एक खेलमा कप्तानको भूमिका समेत निर्वाह गरिन्। चौथो खेलमा नियमित कप्तान भगवती भट्टराईलाई आराम दिएपछि विनिताले उक्त अवसर पाएकी थिइन्। सिरिज सबै खेले खेलेकी विनिताले दुई खेलमा मात्र ब्याटिङ गरिन्।

पहिलो खेलमा नटआउट २९ र तेस्रो खेलमा नटआउट ३४ सहित विनिताले कूल ६३ रन बनाइन्।

यस्तै विनिताले चौथो खेलमा १ विकेट लिएकी थिइन् भने सिरिजमा पाँच रनआउट गरिन्।

पाकिस्तानले कुनै खेल जित्न नसकेपनि विकेटकिपर किरण रफिकको प्रदर्शन राम्रो रहेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell