
युएईलाई पराजित गर्दै ऐतिहासिक सिरिज जितेको नेपाल आइसीसीको टी २० अन्तर्राष्६रिय वरीयतामा समावेश भएको छ।
तीन खेलको ओडिआई २-१ ले जितेपछि पहिलो पटक ओडिआई वरीयतामा पर्दै १५औँ स्थानमा रहेको नेपाल टी २० तर्फ भने १४औँ स्थानमा छ।
आइसीसीले सोमवार जारी गरेको वरीयता अनुसार नेपालको ७ खेलबाट ३०३ अंक र ४३ रेटिङ छ।
वरीयतामा पाकिस्तान शीर्ष स्थानमा रहँदा नेपाल भन्दा पछाडि युएई, हङकङ, ओमन र आयरल्याण्ड छन्।
एसोसिएटतर्फ नेपालभन्दा अघि स्कटल्याण्ड ११औँ र नेदरल्याण्ड्स १३औँ स्थानमा छन्।
सन् २०१४ मा टी २० वर्ल्डकप खेलेपछि नेपालले त्यही वर्ष टी २० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। तर
अर्को वर्ष टी २० वर्ल्डकप छनोटमा खराब प्रदर्शन गर्दै वर्ल्डकपमा छनोट हुन असफल भएको नेपालले टी २० अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियव।
सन् २०१८ मार्चमा जिम्वेमा भएको ओडिआई वर्ल्ड कप छनोटमा उत्कृष्ट तीन एसोसिएटभित्र पर्दै पहिलो पटक ओडिआई मान्यता पाएको नेपालले स्वत टी २० अन्तर्राष्ट्रिय मान्यता पनि पाएको हो।
त्यसपछि भएको टी २० सिरिजमा युएईलाई २-१ ले पराजित गर्दै पहिलो पटक टी २० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल नेपाल वरीयतामा १४औँ स्थानमा रहन सफल भएको हो।