PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

डाक्टर साहकी दुई वर्षीया बालिका अपहरण गर्ने गुप्ता पक्राउ



पहिलोपोस्ट

डाक्टर साहकी दुई वर्षीया बालिका अपहरण गर्ने गुप्ता पक्राउ

काठमाडौः थापाथलीस्थित प्रस्तुति गृहकी डाक्टर बविता साहकी दुई वर्षीया छोरीको अपहरण गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मनिष गुप्तालाई नियन्त्रणमा लिएको हो। परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले गुप्तालाई पक्राउ गरेको पुष्टि गरे।

यसअघि नै प्रहरीले गुप्ताकी श्रीमती  र एक जनालाई नियन्त्रणमा लिएको थियो। गत माघ ११ गते बिहान कोटेश्वरको खरिबोट स्थित शाहको घरबाट बालिका अपहरणमा परेकी थिइन्।

गौशालाबाट प्रहरीले सात घण्टापछि उद्धार गर्न सफल भएको थियो। बालिकाको गौशाला क्षेत्रबाट प्रहरीले उद्धार गरेको थियो। अपहरण गरेपछि  अपहरणकारीले २ लाख ५० हजार रुपैयाँ फिरौती मागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell