PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

समर लभमा 'गुनासो छैन'



पहिलोपोस्ट

समर लभमा 'गुनासो छैन'

काठमाडौँ: सुबिन भट्टराईको उपन्यासमा बनेको फिल्म 'समर लभ'को नयाँ गीत सार्वजनिक भएको छ। माघ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'गुनासो छैन' बोलको लिरिकल गीत सार्वजनिक भएको छ।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आशिष पिया, रेवती क्षेत्रीसँगै सुरजसिंह ठकुरी फिचर्ड छन्। पुस्पन प्रधानको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको स्वर छ।

मुस्कान ढकाल निर्देशित फिल्ममा अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन छ। फिल्ममा आशिष र रेवतीसँगै नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिकलगायतको अभिनय छ।

फिल्मको पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell