PahiloPost

Nov 7, 2025 | २२ कात्तिक २०८२

सरकारविरुद्ध प्रदर्शन गर्दा नैनसिंह महर पक्राउ



पहिलोपोस्ट

सरकारविरुद्ध प्रदर्शन गर्दा नैनसिंह महर पक्राउ
फाइल फोटो

काठमाडौं : सरकारको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन्।

नयाँ बानेश्वरमा सरकारको विरोधमा नाराजुलुस गरेपछि प्रहरीले अध्यक्ष महर सहित अन्य पर्दशनकारीलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गरिरहेको छ। सडक निर्माणदेखि चिकित्सा शिक्षा विधेयकसम्मका विषयलाई मुद्दाका रुपमा उठाउँदै कांग्रेसले सरकारको विरोध गरेको हो। महँगी नियन्त्रणको माग र नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानविनको माग समेत कांग्रेसले गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell