PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

एक अर्काका नजिक पर्न नचाहनेहरु अब एउटै प्रोजेक्टमा



पहिलोपोस्ट

एक अर्काका नजिक पर्न नचाहनेहरु अब एउटै प्रोजेक्टमा

पूर्व प्रेमी/प्रेमिका दीपिका पादुकोण र रणवीर कपूर एकसाथ देखिने भएका छन्। यसअघि 'ऐ जवानी हे दीवानी', 'तमासा' जस्ता फिल्ममा एकसाथ देखिएका दीपिका र रणवीर नयाँ प्रोजेक्टमा आवद्ध भएका छन्। उनीहरु एक ब्राण्डका लागि कपल फोटोसुट गर्देछन्।

उनीहरुको स्क्रिन जोडीलाई दर्शकले रुचाएका पनि छन्।  लामो समय बलिउडमा उनीहरुको प्रेम र ब्रेकअपको चर्चा चल्यो। हालै, रणवीरसँग विवाह गरेकी दीपिकाले घाँटीमा खोपेको रणवीर कपूरको नामको ट्याटु पनि मेटाइन्। यो विषयले सबै दर्शकको ध्यान पनि तानेको थियो।

ब्रेकअपपछि लामो समय उनीहरु एकअर्काका नजिक पर्न नचाहेनन्। अहिले, दुवैजना एउटै ब्राण्डका लागि फोटोसुट गर्न पनि तयार भएका छन्। कतिले अब उनीहरुको सम्बन्ध सुध्रिँदै गएको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell