
काठमाडौँ: फिल्म 'क्याप्टेन'को एक गीतमा अभिनयका लागि अनमोल केसीले अभिनेत्री निरुता सिंहको नाम सिफारिस गरेका थिए। त्यसपछि भुवन केसीले निरुतालाई अतिथि भुमिकाका लागि नेपाल बोलाए। अहिले निरुता नेपालमा छिन्।
हालै, फिल्मको उक्त गीतको छायाँकन सम्पन्न भयो। छायाँकनका तस्वीरहरु पनि सार्वजनिक भएका छन्। फिल्मको 'कर्ली कर्ली'बोलको गीतमा निरुताले २५ वर्षपछि फेरी भुवनसँग पनि अभिनय गरेकी हुन्। डेब्यू फिल्म नै भुवनसँग गरेकी उनले अहिले बावु छोरासँग एउटै गीतमा अभिनय गरेकी छिन्।
मेलिना राई र एसडी योगीको स्वर रहेको गीतमा एसडीकै शब्द तथा संगीत छ। गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी हुन्। निर्माण टिम गीतलाई चाँडै नै सार्वजनिक गर्ने तयारीमा छन्।
फागुन १७ गतेबाट रिलिज हुने फिल्ममा अनमोल, निरुतासँगै नव-अभिनेत्री उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलागयतको अभिनय छ। दीवाकर भट्टराइको निर्देशनमा बनेको फिल्ममा सुदिप बरालको छायांकन छ।