PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

लाओसबाट फर्किए पूर्व प्रम माधवकुमार नेपाल



रासस

लाओसबाट फर्किए पूर्व प्रम माधवकुमार नेपाल
फाइल फोटो

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्केका छन्। 

लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा गत माघ १६ गते गएका नेता नेपाल आज स्वदेश फर्केको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। 

नेकपा र रिभोलुसनरी पार्टीका साथै दुवै देशबीच सम्बन्ध सुधारबारे नेता नेपालले त्यहाँका उपराष्ट्रपति फाँखाम भिफाभान्हसँग छलफल गरेको नेपालसँगै फर्किएका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार लाओसमा नेपाली प्रतिनिधिमण्डल ‘नेशनल एकेडेमी अफ पोलिटिकल एण्ड पब्लिक एडमिष्ट्रेशन’को कार्यक्रममा सहभागी भएको थियो। 

उक्त प्रतिनिधिमण्डलले ल्वाङ प्रोमाङ प्रदेशका सरकार र राजनीतिक दलसँग सरकार सञ्चालनबारे छलफल गर्नाका साथै नामजिमनाम हाइड्रोपावरसमेत अवलोकन गरेको थियो। गत सोमबार लाओ पार्टीका विदेशविभाग प्रमुख सुनथोङ सायादापसँग पनि नेता नेपालले भेटवार्ता भएको केन्द्रीय सदस्य रिजालले जानकारी दिए। 

प्रतिनिधिमण्डलमा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, केन्द्रय सदस्य रिजाल र अलि अख्तर सहभागी थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell