PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

हिजो फर्केको क्रिकेट टिम प्रचण्ड निवासमा



पहिलोपोस्ट

हिजो फर्केको क्रिकेट टिम प्रचण्ड निवासमा

ललितपुर : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन्।

ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले आज खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिएका हुन्। अध्यक्ष प्रचण्डले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताए।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका खेलेको उनको भनाई थियो।

अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने उनले बताए। प्रचण्डलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell