PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भोलि संसदमा ४ मन्त्रीलाई ८ प्रश्न : निर्मलादेखि भक्तपुरको ‘फेक इन्काउन्टर' सम्म



बीपी साह

भोलि संसदमा ४ मन्त्रीलाई ८ प्रश्न : निर्मलादेखि भक्तपुरको ‘फेक इन्काउन्टर' सम्म

काठमाडौं : भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा चार जना मन्त्रीसँग आठवटा प्रश्न सोधिने भएको छ।

प्रतिनिधिसभाको प्रश्नोत्तर शीर्षकमा भोलि गृह मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, वन तथा वातावरण मन्त्री र अर्थ मन्त्रीसँग प्रश्न सोधिँदैछ।

सांसदहरुले उनीहरुसँग आठ वटा प्रश्न सोध्नेछन्।

संसद सचिवालयमा दर्ता भएका प्रश्नमध्ये भोलि गृह मन्त्रीसँग निर्मला पन्तको बलात्कारपछिको हत्याका विषयमा सांसद डिला संग्रौलाले प्रश्न गर्नेछिन्। 

त्यसैगरी गृह मन्त्रीसँग नै सांसद देवेन्द्रराज कँडेलले काठमाडौंको काँडाघारीमा ११ वर्षीय बालक निसान खड्काको अपहरणपछि हत्या प्रकरणमा प्रहरीद्वारा गरिएको ‘फेक इन्काउन्टर’ सम्बन्धी प्रश्न सोध्नेछन्।

साउन तेस्रो साता अपहरणमा परेका खड्काको हत्या भएको थियो। प्रहरीले उक्त घटनामा मुछिएको भन्दै २३ वर्षीय अजय तामाङ र २२ वर्षीय गोपाल तामाङको इन्काउन्टर गरेको थियो।

भोलि गृहमन्त्रीसँगै चारवटा प्रश्न गरिने छ।

यसैगरी सांसद सरिता न्यौपानेले हिंसा पीडित महिलाहरुका लागि सातवटै प्रदेशमा बनाउने भनिएको आवस गृहका विषयमा प्रश्न गर्नेछिन्।
भोलि सांसदहरु रामबहादुर विष्ट, धनश्याम खतिवडा, दिलेन्द्र बडुलगायतले प्रश्न गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell