
काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन्। नेपाली फिल्मको सबैभन्दा महत्वपूर्ण पदमा पहिलो महिला अध्यक्ष भएकी पौडेलले प्रेस वक्तव्य जारी गर्दै राजीनामा दिएकी हुन्। माघ २३ देखि लागू हुने गरी उनले अध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।
वक्तव्यमा उनले आफ्नो कार्यकालमा भएका उपलब्धीलाई समावेश गरेकी छिन्। बक्स अफिस पनि आफ्नै कार्यकालमा संचालनमा आएको उनले लेखेकी छिन्। उनले विभिन्न कार्ययोजना बनाएकी थिइन्। तर सबै पूरा नगर्दै राजीनामा गरिन्
उनले पछिल्लो तीन महिनाको तलब भने भर्खरै बिहे गरेका पति रवि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिने निर्णय गरेकी छिन्। केही दिनअघि पदीय मान्यता कायम गर्न नसकेको भन्दै निकितालाई बर्खास्त गर्ने तयारी रहेको हल्ला फिल्मकर्मीबीच थियो। उनलाई संचारमन्त्रीले प्रस्टिकरणसमेत सोधेका थिए।