PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

चैत अन्तिम साता सातदोबाटोमा एसी मिलान फुटबल क्याम्प हुने, उत्कृष्ट एकलाई प्रशिक्षणका लागि इटाली लगिने



पहिलोपोस्ट

चैत अन्तिम साता सातदोबाटोमा एसी मिलान फुटबल क्याम्प हुने, उत्कृष्ट एकलाई प्रशिक्षणका लागि इटाली लगिने

काठमाडौँ : युरोपियन च्याम्पियन एसी मिलान फुटबल क्लबको नामबाट चैत अन्तिम साता ललितपुरमा एसी मिलान फुटबल क्याम्प हुने भएको छ। 

एटलान्टिक स्पोर्टस म्यानेजमेन्ट प्रालिले चैत २४ देखि ३० गतेसम्म क्याम्प सञ्चालन गर्ने बताएको हो। यस क्याम्पमा नेपालभरका १७ बर्ष भन्दा मुनिका किशोरहरुले सहभागिता जनाउने छन्। 

अखिल नेपाल फुटवल संघको स्वीकृति र राष्ट्रिय युवा परिषदको सहकार्यमा संघको सातदोबाटोस्थित खेल मैदानमा क्याम्प संचालन हुनेछ।

क्याम्पमा अधिकतम एक सय जना सहभागी हुनसक्नेछन्।

प्रशिक्षणका लागि इटालीबाटै प्रशिक्षक आउने र सहयोगी प्रशिक्षकको रुपमा नेपाली प्रशिक्षकहरु रहने एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका कार्यक्रम संयोजक थम्मन भुसालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell