PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

'ब्वाइफ्रेण्ड' फागुनमा आउने



पहिलोपोस्ट

 'ब्वाइफ्रेण्ड' फागुनमा आउने

काठमाडौं : फिल्म निर्माण भएको लामो समयपछि 'ब्वाइफ्रेण्ड'को प्रदर्शन मिति तय भएको छ। हालै, निर्माण टिमले फिल्मको पोस्टरसँगै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो।

फिल्म फागुन १० गतेदेखि प्रदर्शनमा आउने भएको छ। पोस्टरमा फिल्मका कलाकार फिचर्ड छन्। यसअघि निर्माण टिमले दुईपटक प्रदर्शन मिति फेरबदल गरिसकेका छन्।

बुढाथोकी फिलम्स प्रोडक्शनको ब्यानरमा  निर्माण भएको फिल्ममा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठलगायतको अभिनय छ। कृष्ण खनाल फिल्मका निर्माता हुन्। 

यो फिल्मसँगै 'रुमालै छ चिनो' पनि एकसाथ प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell