PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

पुर्पक्षका लागि कारागारमा रहेका बन्दीको मृत्यु



एम बम

पुर्पक्षका लागि कारागारमा रहेका बन्दीको मृत्यु

कैलालीः कैलाली जिल्ला कारागारमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको मृत्यु भएको छ। मंगलबार उपचारका लागि काठमाडौं लैजाने क्रममा ५५ बर्षीय स्पन्दन राईको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी बिरामी भएपछि माघ १८ गते सेती अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।

थप उपचारका लागि लैजाँदै गर्दा राईको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि ओलीले जानकारी दिए। राईलाई २१ गते काठमाडौं रिफर गरिएको थियो। वीर अस्पतालले मष्तिष्कघातको कारण राईको मृत्यु भएको जनाएको छ।

उदयपुर स्थायी घर भएका राई दुई महिनादेखि जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell